भद्रपुर/ नेपाल कम्युनिष्ट पार्टी नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका एक नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दलित मुक्ति मोर्चाका झापा जिल्ला अध्यक्ष प्रवीण दर्नाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सादा पोशाकमा खटिएको प्रहरी टोलीले आइतबार बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ परेका दर्नाललाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
बन्दको क्रममा हालसम्म झापामा कुनै अप्रिय घटना नघटेको उनले जनाए ।
































