मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा रहेको लेखनाथ पुस्तकालय तथा वाचनालयको आयोजनामा मानव बेचबिखन, ओसार–पसार तथा आधुनिक दासत्वसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार स्थानीय सरोकारवालाहरूबीच मानव बेचबिखन, ओसार–पसार तथा आधुनिक दासत्वसम्बन्धी एक दिवसीय अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो । उक्त परियोजना रिड नेपाल र एफ.टि.एस. संस्थाको सहयोगमा मिक्लाजुङ गाउँपालिकाका ९ वटै वडामा सञ्चालन हुने परियोजना कार्यक्रमका सामाजिक परिचालक प्रकाश खनालले बताए ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले सरोकारवालाहरूको पहिचान गरी आ–(आफ्नो उत्तरदायित्व बोध गर्दै तथ्याङ्क सङ्कलन गरी कार्यक्रम बनाउनुपर्ने बताएका थिए । कार्यक्रममा मिक्लाजुङ गाउँपालिका–७ का सुशीलराज चौहान, वडा नं. ९ का अध्यक्ष सोमनाथ अधिकारी, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख रामप्रसाद तिमल्सिना, स्थानीय सञ्चारकर्मीलगायत मिक्लाजुङ क्षेत्रका सरोकारवालाहरूले आ–आफ्ना धारणा राखेका थिए ।
मिक्लाजुङ गाउँपालिकाको सभाहलमा परियोजनाकी संयोजक तारा बराल (ढुङ्गेल)को सभापतित्व र कमला मिश्र (निरौला)को सञ्चालनमा कार्यक्रम समापन भएको थियो ।
































