भोजपुर । नेपाल पत्रकार महासंघ, भोजपुर शाखाको मातहतमा रहने गरि पर्यटन पत्रकारिता पुरस्कारका लागी अक्षयकोष स्थापना भएको छ । अक्षयकोष टेम्केमैयुङ गाउँपालिका वना नम्बर ३ का वडा अध्यक्ष पूर्णप्रसाद राईले स्थापना गरेका हुन ।

अध्यक्ष राईले महासघ जिल्ला शाखाको मातहतमा रहने गरि ५० हजार ५ सय ५५ रुपैयाको अक्षयकोष स्थापना गरेको शाखा अध्यक्ष श्यामकृष्ण दाहालले बताए । अध्यक्ष दाहालका अनुसार वडाध्यक्ष राईले आफ्ना बुवाआमाको सम्मानमा तिलकबहादुर मनमाया राई पर्यटन पत्रकारिता अक्षय कोष स्थापना गरेका हुन् ।

अक्षयकोष वापतको रकमको चेक महासंघ भोजपुरका अध्यक्ष दाहाल र उपाध्यक्ष एक्सन राईलाई संयुक्त रुपमा हस्तान्तरण गरे । अक्षयकोषको व्याजबाट प्राप्त रकमबाट पर्यटन पर्वद्धनमा कलम चलाउने एक जना जिल्लाको सञ्चारकर्मीलाई पुरस्कृत गरिने महासंघले जनाएको छ ।