मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ को वडा कार्यालयको बिहिबार उद्घाटन गरिएको छ । बिहिबार मोरङ क्षेत्र नम्बर एक का संघिय साम्सद घनश्याम खतिवडाले कार्यालयको उद्घाटन गरेका थिए ।

कार्यालय उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका खतिवडाले वडा नं. ८ का जनप्रतिनिधी तथा कर्मचारीहरु लाई बधाई तथा शुभकामना दिदै अब मुलुक बिकासको गतिमा दौडी रहेको हुदा जनताका मत खेरजान नदी जनताको सेवक भएर सेवा दीने र दिनुपर्ने बताएका थिए ।

त्यस्तै कार्यक्रमलार्ई सम्बोधन गदै अर्का प्रदेश नम्बर एक क का प्रदेश साम्सद कुलप्रशाद साम्बा कुसलले पनी बधाई तथा शुभकामना दिदै सबैले सकरात्मक सोच बनाएर बिकासमा लाग्नुपर्ने र बिकास खर्च गर्न जनता तत्पर भएर लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष देवी प्रसाद आचाय , उपाध्यक्ष सरला राई , वडा नम्बर ३ का अध्यक्ष खगेन्द्र मादेन लगायतले सम्बोधन गरेका थिए । वडा कार्यालय उद्घाटनको अवसर पारेर वडाका पुर्व प्रतिनिधी तथा जनप्रतिनिधि , जग्गा दाताहरु लाइ सम्मान गरिएको थियो ।

वडा कार्यालय उद्घाटन संगै वडामा भएका संघ सस्थाहरुलाई फोहोर ब्याबस्थापनको लागी डस्बिन वितरण गरीएका वडा नं. ८ का वडा अध्यक्ष नगेन्द्र कार्की (नबिन) ले बताए । वाड राज्य पुन संरचना हुँदा साविक टाँडी, रमिते , जाँतेको ३ र ४ त्यसतै साविक मधुमल्लाका १–६ वडा मिसीएर मिक्लाजुङ गाउँपालिका बनेको थियो । साविक जाँतेको ३ र ४ हाल मिक्लाजुङ – ५ को वडा कार्यालय पनी गत बैशाख २९ गते आईतबार उद्घाटन गरिएको छ ।

मधुमल्लाका हाल मिक्लाजुङ गाउँपालिकाका ७,८ र ९ वडाहरु गाउँपालिका कार्यालबाट नै संचालन हुँदै आएका थिए । अब अरु वडा हरु पनी चाँडै आ–आफ्नो स्थानमा जाने गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले बताए । कार्यक्रममा स्वगत मन्तब्य वडा सदस्य लाख बहादुर लिम्बुले राखेका थिएभने संचालन वडा सचिब महेन्द्र भण्डारिले गरेका थिए ।