झापा । लागूऔषध न्युनीकरण, जनचेतनामुलक कार्यक्रम र लागूऔषधका घाइते तथा विरामीलाई आर्थिक सहयोग गर्ने उदेश्यले झापा बिर्तामोडमा मिनी मेला आयोजना भएको छ ।
शान्ति समुह नेपाल सुधार केन्द्र बिर्तामोडको आयोजनामा १५ दिने मिनी मेला लाग्ने भएको हो । लागूऔषध तथा कूलतमा फसेकाहरुलाई सहयोग गर्ने उदेश्यले शुरु भएको मेला जेठ १ गतेदेखि १५ गतेसम्म आयोजना हुने मेला आयोजक समितिले आइतवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

मेलामा १५ देखि २० वटा स्टल समेत रहने मेला आयोजक समितिका संयोजक दिलु दाहालले बताए । मेलामा रोटेपिङ, नाउरेस, ड्राइगेन रेस, सिक्स रेस, हात्ति घोडा रेस, डटखेल, वल खेलसहित स्थानीय तथा राष्ट्रिय कालाकारहरुको सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत हुने मेला सञ्चालक रेवत कटुवालले बताए । मेलामा अनुमानित १० लाख खर्च हुने र संकलीत रकमबाट सम्पूर्ण खर्च कटाएर बचत रकमले लागूऔषध न्यूनीकरणमा खर्च गरिने उनले बताए । मेलाको बिर्तामोड नगरपालिका वडा नं. १ का अध्यक्ष अग्नि पाण्डेले उद्घाटन गरे ।