धरान ।  दुइ पाङ्ग्रे सवारीसाधन (माेटरसाइकल)मा पछाडी बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नयाँ नियम लागु गर्ने भएकाे छ ।

महानगरीय ट्राफिक महाशाखाले पत्रकार सम्मेलन गर्दै उक्त नयाँ नियमकाे  जानकारी दिएकाे छ । महाशाखाले सवारी दुर्घटना न्यूनिकरणका लागि यो व्यवस्था लागू गर्न लागिएको बताएकाे छ । महाशाखाका अनुसार पछिल्लो समय दुई पांग्रे सवारीका कारण दुर्घटनाको हुने क्रम बढी छ ।