धरान । संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धि बिधेयक फिर्ताकाे माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङको गेट अगाडी पत्रकारहरू छाती पिट्दै राेएका छन् ।
नेपाल प्रेस युनियनको आयोजनामा कार्यक्रममा पत्रकारहरूले रूदै धर्नामा बसेका हुन् । धर्नामा बसेका पत्रकारहरूले विधेयक पत्रकारलाई नियमन गर्नभन्दा पनि नियन्त्रण मुखी भएर आएको आरोप लगाउदै सरकारले ल्याएको बिधेयक फिर्ता गर्न माग समेत गरेका छ ।