भोजपुर । भोजपुर नगरपालीका वडा नं ९ पोखरेका अग्नी पिडित बखत बहादुर श्रेष्ठलाई आर्थिक सहयोग प्रदान गरिएको छ । भोजपुर उद्योग वाणिज्य संघ भोजपुरले पिडित श्रेष्ठलाई सदरमुकाममा राहात संकलन गरि आर्थिक सहयोग प्रदान गरेको हो । राहात संकलनबाट एकलाख २६ हजार दुई सय रुपैया संकलन भएको थियो ।
संकलित रकम मध्य ६३ हजार एक सय दश रुपैया घरधनी अग्नी पिडित श्रेष्ठलाई प्रदान गरिएको संघका प्रथम उपाध्यक्ष कर्ण मोक्तानले बताए । आधा रकम भने आगलागी भएको घरमा भाडामा बस्ने र आगो निभाउने क्रममा क्षति पुगेका अन्य दुई घरका घरधनीलाई प्रदान गरिएको संघका महासचिव नविन प्रधानले जानकारी दिए ।
गत जेठ २ गते विहिवार दिउसो साडे एक बजे श्रेष्ठको घरमा आगलागी भएको थियो । आगलागीबाट श्रेष्ठको घरमा रहेको किराना पसल , खाद्यान्न , लत्ता कपडा जलेर नष्ट हुनुका साथै भाडामा बस्ने १० परीवारका कोठामा रहेका सामग्री समेत जल्दा करीब ५२ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । श्रेष्ठलाई यल्सोदा चर्चले पनि दश हजार आर्थीक सहयोग गरेको पिडित श्रेष्ठले बताए । विद्युत सर्ट भई लागेको आगो भोजपुर नगरपालिकाको दमकलको सहायताले नेपाल प्रहरी , नेपाली सेना , शसस्त्र प्रहरी र स्थानियले दुई घण्टा बढि समय लगाएर नियन्त्रणमा लिएका थिए ।
































