धरान । धरान–१५ स्थित सुसन रोड टोल निवासी बिरामी एकल महिलालाई सहयोग गरिएको छ ।
शुक्रबार सुसन रोड टोल विकास संस्थाका अध्यक्ष वेदकुमार सुब्बाको अगुवाइमा टोल क्षेत्रभरि रकम सङ्कलन गरिएको हो । एकल महिला विगत केही महिना अघिदेखि विरामी रहेकोमा निजको उपचार गर्न सक्ने क्षमतासमेत नभएको साथै आफन्तजनसमेत निम्नस्तरका भएका हुँदा टोल विकास संस्थाले चन्दा सङ्कलन गरी १५ हजार ३ सय ४५ रुपैयाँ उपचारार्थ बिरामी नन्दकुमारी तामाङ्गलाइ हस्तान्तरण गरिएको छ । चन्दा सङ्कलन तथा हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष पूर्णराम राई, सचिव सुनिता राई, सदस्यहरु सुर्जा राई, दिलकुमारी पाख्रिन, बिष्णु खत्रीलगायत टोल क्षेत्रका अगुवाहरूको सहभागिता रहेको थियो ।