देउराली । शनिबार धरान लगायत धनकुटा, खादबारी, भाेजपुरमा बिहान ७ बजे देखि अपरान्न ४ बजे सम्म विद्युत अवरूद्ध हुने भएकाे छ । धनकुटा प्रशारणा लाइन अन्तगतकाे ३३ के. भि. विद्युतलाइन तरहर देखी धरान सम्मकाे जङ्गल क्षेत्रमा मर्मत तथा सफा गर्नु पर्ने भएकाेले धरान लगायत धनकुटा, खादबारी, भाेजपुरका क्षेत्रहरूमा पनि विद्युत अवरूद्ध रहने नेपाल विद्युत प्राधिकरणकाे धरान बितरक शाखाले जनाएकाे छ ।

शाखाका अनुसार इटहरी उपमहानगरपालिकाका केही क्षेत्रहरूमा पनि  विद्युत अवरूद्ध हुने छ ।