भोजपुर / भोजपुर नगरपालिका र ८ पोखरेमा आगलागी हुदा एक घर जलेर नष्ट भएको छ । विहिवार दिउँसो लागेको आगलागीबाट बखत बहादुर श्रेष्ठको घर पुर्ण रुपमा जलेर नष्ट भएको हो ।
आगोले श्रेष्ठको घरमा रहेको किराना पसल, घरमा रहेको लत्ता कपडा , खाद्यान्न लगाएत सामाग्री जलेर नष्ट हुदा ५२ लाख बराबरको क्षति भएको छ । आगो श्रेष्ठको घरमा भाडामा बस्ने सुजता राईको कोठामा ताल्चा लगाई हिडेको अवस्थामा लागेको आगलागी पीडित श्रेष्ठले बताए । श्रेष्ठका अनुसार ताल्चा लगाईएको कोठाबाट अचानक धुवा आए पछि आगलागी भएको थाहा भएको थियो । ताल्चा लगाइएको कोठामा विद्युत सर्ट भई आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । दिउसो साडे एक बजे लागेको आगो दमकलको सहायतामा नेपाल प्रहरी , नेपाली सेना , शसस्त्र प्रहरी र स्थानियले सवा ३ बजे निभाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक तथा सुचना अधिकारी अमतलाल माझीले बताए ।