धरान । इटहरी ११ स्थित बुढी खोलाको किनारमा एक महिलाकाे शव फेला परेकाे छ ।
खाेलामा डुबेकाे अवस्थामा अन्दाजी ३४/३५ बर्षकी महिलाकाे शव तीन चार दिनदेखि पानीमा डुबेर गलेको अवस्थामा भेटीएकाे हाे । मृतक महिलामाे शव पहिचान हुन सकेकाे छैन । मृतक इटहरी आसपास प्लाष्टिक खोजेर हिड्ने महिला भएकाे प्रहरीकाे भनाइ छ ।
थप अनुशन्धानकालागी शवको पोष्टमार्टमको लागी धरान विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनकारी दिएकाे छ।