काठमाडौँ । एभिन्युज टेलिभिजनकाे अन्तर्वार्ताका क्रममा पत्रकारले पत्रकार आचारसंहिताको ख्याल नगरेको र शिष्टतालाई ध्यान नदिइएको ठहर गर्दै  काउन्सिल नेपालले तीन दिनभित्र जवाफ दिन निर्देशन गर्दै टेलिभिजनसँग स्पष्टीकरण सोधेको छ ।

टेलिभिजनले आइतबार राति समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषाशैली र शब्द चयनका विषयलाई लिएर  टेलिभिजनसँग स्पष्टीकरण सोधेको हाे ।