काठमाडौं समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई मानमर्दन एवं अपमानित हुने ढंगले आइतबार एभिन्यूज टेलिभिजनले अन्तर्वार्ता लिएको भन्दै निन्दा गरेको छ । लाइभ अन्तर्वार्ताका क्रममा पत्रकार आचार संहिताविपरीत सोधिएका प्रश्न र संचारकर्मीको अभद्र एवं पूर्वाग्रही प्रस्तुति भएको आरोप लगाउँदै समाजवादी पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाजवादीका उपमहासचिव प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै अपमानजनक एवं बदनियतपूर्ण ढंगले उपप्रधानमन्त्री यादवमाथि भएको यस्तो दुव्यर्वहारको घोर निन्दा एवं भत्र्सना गरेका छन् ।

‘तसर्थ, आइतबार रातिएभिन्यूज टेलिभिजनको कार्यालयमा भएको दुःखदघटनालाई लिएर उत्तेजितनहुन र अवाञ्छित गतिविधिनगरी संयमित रहनपार्टी पंक्तिएवं आमकार्यकर्ताहरुलाई निर्देश गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ । साथै, पत्रकारिताको आचरण विपरीतका यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न र पत्रकारिता जगतलाई अझै सम्मानित एवं मर्यादित बनाउन संचार गृह, संचारकर्मी र प्रेस काउन्सिलसहित मिडियालाई नियमन गर्ने सम्पूर्ण निकायहरुलाई पनि अपील गरेका छन् ।