, जनकपुर । प्रदेश १ सरकारले बारा र पर्सामा आएको विनाशकारी आँधी पीडितलाई ंएक करोड सहयोग आज उपलब्ध गराएको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफैं सोमबार प्रदेश २ को अस्थायी मुकाम जनकपुरधाम पत्रकारहरुको टोलीसहित पुगेर सहयोग हस्तान्तरण गरेका छन् । उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई एक करोडको चेक हस्तान्तरण गरे थिए ।
प्रदेश सरकारले यस अघि एक करोड सहयोग गर्ने घोषणा अनुसार आज सहयोग रकम हस्तान्तरण गरेको हो ।
बारा पर्सामा चैत्र १८ गते आएको आँधीले २९ जनाको मृत्यु भएको थियो । करोडौंको धनमालको क्षति भएको थियो । हजारौं मानिसहरु घाइते भएका थिए ।
































