धरान / धरान कानून व्यवसायी क्लबले धरानमा शनिबार बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरी नेपाल बार एशोसिएशनको नव निर्वाचित केन्द्रीय उपाध्यक्षमा मानबहादुर रुम्दाली र केन्द्रीय सदस्य पञ्चनारायण मण्डललाईसम्मान गरेको छ । सोही अवसरमा धरान कानून व्यवसायी क्लबको भवन निर्माण संयोजक शिब भण्डारीलाई पनि सम्मान गरेको छ ।

क्लबका अध्यक्ष अधिवक्ता वीरेन्द्र बस्नेतको अध्यक्षता र सचिव बलराम राईद्वारा सञ्चालन भएको सो बधाई कार्यक्रममा अतिथि रुम्दालीले आफनो मन्तब्यका क्रममा आफू धरान कानून व्यवसायी क्लबको उन्नति र प्रगतिका भूमिका खेल्ने बताए । कानून व्यवसायीहरुको हक हितका लागि जस्तो सुकै पहल गर्न तयार रहेको उनेको भनाई थियो । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नभइसकेकाले यसका लागि पनि हामी सबैको भूमिका रहनु पर्नेमा उनले जोड दिए ।

सोही कार्यक्रममा केन्द्रीय सदस्य पञ्चनारायण मण्डल, वरिष्ठ अधिवक्ता शिब भण्डारी, अधिवक्ताहरु सिद्धिकर्ण शर्मा , किशोरकुमार कार्कीलगायतकाले मन्तब्य ब्यक्त गरेका थिए । मन्तब्यका क्रममा नागरिकता विधेयक संसदमा विचाराधिन रहेको अवस्थामा गृहमन्त्रालयबाट सोझै नागरिकता वितरणको प्रक्रियाले सार्वभौम संसदको खिल्ली उडाएको भन्दै वक्ताहरुले पेशागत मर्यादा, पेशागत धर्मलाई आत्मसात गरी समाज रुपान्तरणमा लाग्नु पर्ने बताए । कार्यक्रममा अधिवक्ता शोभा राईले स्वागत मन्तब्य राखेकी थिइन ।

shiva