पाँचथर । फिदिम–६, सिवास्थित मगरगाउँमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने लालबहादुर सारु मगरका ११ वर्षिय छोरा सनम सारु मगर रहेको प्रहरीले जनाएको छ । सनमलाई बुधबार साँझ करेन्ट लागेको थियो । साथीसँग खेल्ने क्रममा बिजुलीको पोलमा चढ्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाइते भएका सनमलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइए पनि डाक्टरले मृत घोषणा गरेको पाँचथर प्रहरीले जनाएको छ ।