दयाहाङ राई र दिया पुन अभिनित फिल्म ‘दयारानी’को प्रदर्शन मिति सरेको छ ।
 
यसअघि जेठ १० मा रिलिज हुने भनिएको दयारानी अब साउन ३० मा रिलिज हुने बताइएको छ । फिल्म निर्देशक माओत्से गुरुङले निर्देशन गरेका हुन् ।
 
फिल्ममा खराब श्रीमान र दयालु श्रीमतीको कथा प्रस्तुत गरिने बताइएको छ । फिल्ममा दयाहाङ र दियाका साथै  विजय बराल, प्रमिसा गुरुङ, पुष्कर गुरुङ, टीकाराम घलेलगायतले अभिनय गरेका छन् ।
 
मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बू र न्यू आइटी भेञ्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।