संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका-६ करेन्ट् लागेर  एककाे मृत्यु भएकाे छ भने ५ जना घाइते भएका छन् । 

बुधबार बेलुका घरमा बत्ती बाल्लने तथा माेबाइल चार्ज गर्ने क्रममा अचानक हाइ भोल्टेज आएपछि २३ बर्षीय भुपाल बि.क., ३६ बर्षीया तारा बि.क.,  १४ बर्षीया मन्जु बि.क.,  ६५ बर्षीया भगवती बि.क, ६० बर्षीया कुल बहादुर बि.क. र  ५६ बर्षीया धनमान वनेम घाईते भएका थिए ।

घाइतेहरूकाे उपचारकाेलागि बेलुका नै जिल्ला अस्पताल खाँदवारी लगीएकाे थियाे । उपचारकाे क्रमामा भुपाल बि.क. मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । त्यस्तै अन्य घाईतेहरुको उपचार भइरहेकाे कार्यालय जनाएकाे छ ।