धरान / धरानमा अर्को आर्गानिक पसल शुरु भएको छ । महिला सञ्जाल धरानकी अध्यक्ष समेत रहेकी सविता राईले अर्गानिक खाद्यान्न पसल शुरु गरेकी हुन । धरान १८ स्थित बुद्धचोकमा आजदेखि शुरु गरिएको पसलको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा सञ्जीव शर्माले उद्घाटन गरेका थिए ।
‘विषादीयुक्त खानेकुराले मानिसमा छिटो छिटो क्यान्सर, मृगौलामा समस्यालगायत अन्य धेरै प्रकारका रोगले च्याप्छ तर धेरै मानिसलाई थाहा छैन, हामी अर्गानिक होइन, अस्वस्थकर खानेकुरा खाइरहेका छौं । यस्तो अर्गानिक पसलले यस्ता रोगबाट बच्न सहयोग गर्ने प्राडा शर्माले बताएका छन् ।
पसलमा मकैको चामल, कोदोको पिठो, फापरको पीठो, दाल, भोजपुरको लोकल चामल, गाउँको लोकल चामल (अट्टे), मार्सी, मसिनो धानको चामल, मस्यौरा, गुन्द्रक, सिन्की, याङवेन, बेसार, सिकुटीको अचार, फिलुङ्गे, किनीमा, साबुन, चिया, अलैंची लगायतका खाद्यान्न सामग्री छन् । साथै ग्रनि टीको समेत व्यवस्था गरिएको छ ।
४ लाख रूपैयाँको लगानीमा शुरू गरिएको अर्गानिक पसल विशेष गरेर बीपी प्रतिष्ठानका डाक्टरहरुलाई मध्यनजर गरेर प्रतिष्ठान नजिक खोलिएको हो ।