भद्रपुर / लागूऔषध कारोबारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट लुकाई–छिपाई ल्याउँदै गरेको अवस्थामा चेकजाँचको क्रममा मेचीनगर–६ स्थित जेसिकाठ्याकबाट प्रहरीले पक्राउ गरेको जनाएको छ । मोरङ उर्लाबारी नगरपालिका–१ का नगेन्द्र राईको साथबाट डाइजोपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल र लुपिजेसिक ४ एम्पुल गरी १२ एम्पुल बरामद गरिएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
बरामद सामग्रीसहित राईलाई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको डिएसपी श्रेष्ठले जनाए ।