Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • नेकपाका केन्द्र र जिल्ला कमिटीको अधिवेशन छिट्टै हुने

नेकपाका केन्द्र र जिल्ला कमिटीको अधिवेशन छिट्टै हुने

alt
  • वैशाख ११, २०७६
  • रासस
 
काठमाडौँ /  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशन हुने बताए । महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धिमङ्गल माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले नेकपाले हालै जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएकाले चाँडै कमिटी पूर्ण हुने बताए ।
यस वर्ष पार्टीको सङ्गठन सुदृढीकरण र शुद्धीकरणको हिसाबले महत्वपूर्ण काम हुने उनले बताए । पूर्वप्रधानमन्त्री दाहालले सरकार गठन भएको पहिलो एक वर्षमा कानून निर्माण, छिमेकी मुलुकसँगको सन्तुलित सम्बन्ध र भौतिक पूर्वाधार निर्माणको शुरुआतको हिसाबले महत्वपूर्ण भएको र सकारात्मक कामको शुरुआत भएको बताउँदै भने, “हामीले निर्वाचनको समयमा गरेको सङ्कल्पअनुसार नै विकासको काम शुरु भएको छ र त्यसरी नै अघि बढ्नेछ ।” उनले पछिल्ला वर्षमा सामुदायिक विद्यालयमा सुधारको सङ्केत देखिन थालेको बताए । पहिले निजी विद्यालयमा भन्दा सामुदायिकमा भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र अनुशासनमा कमजोर भए पनि अहिले ती पक्षमा सुधार भएर निजीसँग प्रतिस्पर्धा गर्न सक्ने भएको उहाँले प्रष्ट पारे । लामो समयदेखि नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने खालको भए पनि अहिले रोजगारी सिर्जना गर्ने शिक्षालाई सरकारले प्राथमिकता दिएको उनको भनाइ थियो । उनले भने, “सामुदायिक विद्यालयहरु यसरी नै सुधार हुँदै जाने हो भने केही वर्षभित्र सबै नेपालीका छोराछोरी सामुदायिकमै केन्द्रित हुनेछन् ।
”सो अवसरमा महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा उल्लेखनीय सुधार भइरहेको बताए । निजीबाट सामुदायिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थी सङ्ख्या बढिरहेको बताउँदै उनले नगरभित्रका विद्यालयमा प्राविधिक शिक्षा विस्तार भइरहेको जानकारी दिए । 
सम्बन्धित समाचार
‘भाषा जीवन्त राख्न मातृभाषा पत्रकारिता आवश्यक छ’

काठमाडौँ। मातृभाषा पत्रकारिताले भाषाको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वा ...

नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

काठमाडौँ।नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२ गते बस्दैछ।  ...

‘क्षमताअनुसार विपद् व्यस्थापन गरिने’

विराटनगर। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
‘भाषा जीवन्त राख्न मातृभाषा पत्रकारिता आवश्यक छ’
नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा
‘क्षमताअनुसार विपद् व्यस्थापन गरिने’
परराष्ट्रमन्त्री डा.राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता
उन्नाइस विपन्न परिवारलाई घर छाउन जस्तापाता सहयोग
भोजपुरको कोटमा प्रसूति भवन निर्माण
१० औं बास्केटबल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सम्पन्न
उमागौरी सहकारी ठगी प्रकरणः मुद्दाको पेशी तेस्रो पटक पनि स्थगित
धरानमा विषादीयुक्त तरकारी आउन नदिन सरोकारवालासँग छलफल
‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई परिचालन’
इटहरी सरकारमा निष्क्रियता र जवाफदेहिताको सङ्कट
आजको राशिफलः २०८२ साल जेठ ९ गते शुक्रबार
गणतन्त्र विरोधी गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य छैनः मन्त्री गुरुङ
‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला’ सुरू
जनशक्ति अभाव हुँदा गुठी संस्थानको सेवा प्रवाहमा समस्या
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved