विराटनगर । प्रदेश १ नम्बर कोे सामाजिक विकास मन्त्रालयद्धारा गठित भाषा, साहित्य कला तथा संस्कृतिक सम्बन्धी कार्यदलले प्रदेशको एकीकृत प्राज्ञिक संस्थाको लागि तीन वटा नाम सिफारिस गरेको छ ।

प्रा.डा. टङ्कप्रसाद  न्यौपानेको संयोजकमा बनेको १३ सदस्य कार्यदलले प्रदेशको एकीकृत प्राज्ञिक संस्थाको नाम राख्न तीन वटा नाम सिफारिस गरेका हुन् ।

उनीहरूले प्रदेशको प्राज्ञिक संस्थाको नाम राख्न प्रादेशिक ज्ञानपीठ, भाषा, साहित्य कला, तथा संस्कृतिक प्रष्ठिान र प्रादेशिक प्रज्ञा प्रतिष्ठान रहेको छ । यी तीन मध्ये एउटा नाम राख्न प्रदेश सरकारलाई सुझाब सहित कार्यदलले ४६ शुत्रिय भाषा, साहित्य, कला र संस्कृतिको विकासको लागि अध्ययन प्रतिवेदन सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई बुधबार बुझाएका छन् ।

गत पुस १३ गते कार्यदल गठन भएको थियो । एक महिनापछि कार्यदलले कार्यप्रराम्भ गरेको हो । कार्यप्रराम्भ सुरु गरेको दुई महिना भित्रमा सुझाब संकलन गरि राय सहितको भाषा, साहित्य, कला तथा संस्कृतिकको विकास र संक्षण  गर्न प्रदेश सरकारलाई प्रतिवेदन कार्यदलले प्रदेश सरकारलाई बुझाएका हुन् । मन्त्रालयले उपलब्ध गराएको कार्यविवरणका आधारमा कार्यदलले प्रदेशको १४ वटै जिल्लाका विभिन्न संघसंस्थाका प्रतिनिधीसहित समूहसँग छलफल गरि सुझाब लिएको कार्यदलका संयोजक न्यौपानेले बताए ।

प्रतिनिधी मुलक छलफलपछि यस क्षेत्रको विज्ञहरूसँग पनि राय लिएर यो प्रतिवेदन तयार पारिएको उनले बताए ।  कार्यदलले गरेको विर्मशका आधारमा सबै भाषा, लोकसाहित्य, ललितकला, रङग्मञ्चीय नाटक, नृत्य, संस्कृतिक अन्तर्गतकका धर्म र पुरातत्वलाई समेटने गरि प्राज्ञहरूले काम गर्ने गरि एकीकृत रूपमा एक संस्थाको संरचना बनाउने भएको उनले बताए । सो संस्थाले भाषा, साहित्य, कला तथा संस्कृतिक क्षेत्रका प्राज्ञिक अध्ययन, अनुसन्धान र  सर्वेक्षण गर्नेछ ।

कार्यदलले प्रदेश सरकारलाई बुझाएको प्रतिवेदन १ सय पृष्ठसहितको ६ वटा अनुसूची रहेको न्यौपानेले जानकारी दिए । ०६८ सालको जन गणनका अनुसार प्रदेश १ मा १ सय १६ जाति जनजातिको बसोबास र १ सय २३ नेपाली भाषामध्ये ७२ जना बढी भाषा यस प्रदेशमा रहेको छ ।

कार्यदलले बुझाएको प्रतिवेदन ग्रहण गर्दै मन्त्री घिमिरले नेपाली साहित्य क्षेत्रका विज्ञ टोली सहितको कार्यदलले बनाएको प्रतिवेदन  प्रदेश सरकारलाई नीति निमार्ण गराउन मार्गदर्शनको हुने बताए । भाषा साहित्य नीति, ऐन, कानुन, संरचना कस्तो हुने जस्ता विषयको निरुपणका लागि कार्यदल गठन गरि अध्ययन गरिएको उनले बताए ।  प्रतिवेदन प्रदेश १ को मात्रै नभै समग्र देशकै कला, साहित्य र संस्कृतिकालागि मार्गदर्शक हुने मन्त्री घिमिरेले बताए ।