धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकता प्रक्रियालाई टुंग्याउनका लागि सचिवालय बैठक आझ साँझ बस्दै छ ।

नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार माओवादी र एमालेबीचको साङ्गठनिक एकतालाई अन्तिम रूप दिइने विश्वास लिइएको छ । साँझ ६ बजेका लागि बैठक डाकिएको उनले जानकारी दिए । नेकपा एकता भएको भोली वैशाख ९ गते एक वर्ष पूरा हुँदै छ । यही अवसरमा दुई पार्टीबीचको अन्तिम टुंगो लगाउने भएको हो ।