पथरी । पथरीमा कन्सर्ट हेर्न गएकी महिलाको बलात्कारपछि हत्या भएकाे अवस्थामा शव फेला परेकाे छ । मोरङको पथरीशनिश्चरे १ की २९ बर्षिया रिना बस्नेत नग्न अबस्थामा शनिबार बिहान मृत फेला परेकी हुन् ।

शुक्रबार राति पथरीमा आयोजित कन्सर्ट हेर्न कोठाबाट निस्किएकी उनलाइ शनिबार बिहान नग्न अबस्थामा घोप्टो परेको अवस्थामा मर्निङ वाक गर्ने स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनका श्रीमान बैदेशिक रोजगारीमा रहेका छन् । उनी १४ बर्षिया छोरा छ । उनले पथरीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिइन् ।

पसल अगाडि घोप्टो परेको अबस्थामा नग्न लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको शव नजिकै रगत समेत बगेको देखिएको छ । उनको बलात्कारपछि हत्या भएको प्रहरीले आशंका गरेको छ । घटनाको अनुसन्धान भइरहेको र सो स्थानमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ ।