ताप्लेजुङ / ताप्लेजुङस्थित पाथीभरा दर्शनकालागि हिंडेका धरान उपमहानगरपालिका ४ का अमेरिकन लावतीको उपचारको क्रममा मृत्यू भएको छ । पाथीभरा क्षेत्र विकास समितिका सदस्य सचिव उदय भट्टराईका अनुसार ३१ सय मिटर उचाइको माथिल्लो फेदीमा पुगेपछि विहिवार उनी बिरामी भएका थिए । त्यहाँवाट फर्काएर उनलाइ जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको र उपचारकै क्रममा मृत्यू भएको भट्टराइले बताए ।