धरान / भोजपुरको हतुवागढीस्थित हसनपुरमा आज भरखरै भएको ट्याक्टर दुर्घटनामा एक जना महिलाको ज्व्यान गएको छ ।
घोडेटारबाट हसनपुर आउदैं गरेको नम्बर नखुलेको ट्याक्टर ज्यामिरे भन्ने स्थानमा दुर्घटना हुदा ती महिलाको घट्ना स्थलमै मृत्यु भएको हसनपुर प्रहरी चौकीका हवल्दार दिनेश निरौलाले जानकारी दिए ।
भरखरै सूचना आएकाले त्यस तर्फ प्रहरी जादैं गरेको उनले बताए । महिलाको नाम खुलेको छैन् । उनी सो ट्याक्टरमा घोडेटारबाट आउदैं गरेको हवल्दार निरौलाले बताए । ट्याक्टर वडा अध्यक्ष केशरमान राईको भएको स्थानीयले बताए ।
भोजपुरमा ट्याक्टर दुर्घटनाः एक महिलाको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































