देउराली । ताप्लेजुङका बिभिन्न ३ गाउँपालीकाबाट १० नाल भरूबा बन्दुक बरामत भएकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएकाे छ ।
फक्तालुङ गाउँपालिका-१ सावादिन जंगलमा बेवारिशे अवस्थामा शिवा प्रहरी चाैकीबाट खटिएकाे टाेलीले ३ नाल, आठराई त्रिवेणी गाउँपालिका-१ मा निगुरादिन प्रहरी चाैकीबाट खटिएको प्रहरी टोलीले जंगलमा लुकाई राखेको १ नाल, आठराई त्रिवेणी गाउँपालिका-२ मा दाेभान इलाका प्रहरी कार्यलयबाट खटिएकाे टाेलीले फुलवारी स्थित ओडारे जंगलमा २ नाल, श्रीजंगा गाउँपालिका-३ तेल्लोक इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कुन्जरीमा लुकाई राखेको ३ नाल बरामद गर्नुका साथै श्रीजंगा गाउँपालिका स्थित सिकैचा बस्ने बर्ष ४० को तुलाराम काङबाङले लाईसन्स सहितको एक नाल भरुवा बन्दुक प्रहरीलाई बुझाएको प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएकाे छ ।