धरान । पोखरामा बम विस्फोट हुँदा एक जना  सैनिक घाइते भएका छन् । 

पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन छेउमा भेटिएकाे शंकास्पद वस्तु निष्कृय पार्ने क्रममा एक जना सैनिक घाइते भएका हुन् ।

घाइते सैनिक, कालिभञ्जन गणमा कार्यरत सैनिक अमलदार धर्म थापा रहेकाे जिल्ला प्रहरी कार्यलय कास्कीले जानाएकाे छ। घाइते थापाकाे   अहिले फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । उनकाे शंकास्पद वस्तु  निष्कृय पार्ने क्रममा हातका औंलामा क्षति पुगेको बताएकाे छ ।

उक्त शंकास्पद वस्तु  ‘डेटोनेटर’ भएकाे जिल्ला प्रहरी कार्यलय कास्कीले जानाएकाे छ ।

नेत्रविक्रम चन्द विप्लव समूहले आहृवान गरेको नेपाल बन्दकाे प्रभाव पाेखरामा देखिएकाे छ । पाेखराकाे विभिन्न स्थानहरूमा संकास्पद वस्तुहरू भेटिएकाे छ  । अांङ्शिकरूपमा निजी सवारीसाधन  कुनै पनि सार्वजनिक यातायात नचल्नुका साथै शैक्षिक संस्थाहरुसमेत पूर्ण रुपमा ठप्प रहेका छन् ।

पोखरा २९, पोखरा ९ न्यूरोड ट्रेड मल , पोखरा ५ जिरो किमीमा पनि शंकास्पद वस्तु फेला परेको  जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएकाे छ ।