भद्रपुर/ वडाप्रहरी कार्यालय भद्रपुरले २२ बोरा सेतो मटर बरामद गरेको छ । वडाबाट खटिएको गस्ती प्रहरी टोलीले आइतबार बिहान ८ बजे भद्रपुर–४ नरसिंह चिया बगानबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भद्रपुरबाट ६ ओटा साइकलमा राखेर कारोबारीले भारततर्फ लैजाँदै गरेको अवस्थामा मटर बरामद गरिएको डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । २२ बोरामा रहेको साढे ५ सय किलोमटरको अनुमानित २५ हजार मूल्य कायम गरी साइकलसमेत भद्रपुर भन्सार बुझाइने वडाका इन्स्पेक्टर यमकुमार श्रेष्ठले जनाए ।
पछिल्लो समय भद्रपुरका केही कारोबारीले भद्रपुर, पृथ्वीनगर, ज्ञाने चोकलगायतका विभिन्न स्थानमा गोदाम राखेर अनुकूल मिलाएर भारत पठाउँदै आइरहेको घटनाक्रमले पुष्टि गरिसकेको छ ।