काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा आगामी बजेटमा वृद्धभत्ता वृद्धि हुने घोषणा गरेका छन् । 

‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौं बैंक खाता’ राष्ट्रिय अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले केही गर्न नसक्नेलाई सरकारले बचाउने र मागेर खान नपर्ने बताए ।

प्रधानमन्त्री ओलीले भर्ना अभियान र साक्षरता अभियानलाई सफल बनाएर दुनियाँलाई नेपाल पठित र विद्वानहरुको देश रहेको बनाउन आफू लागिरहेको उल्लेख गर्दै नेपालीका स्रोत र साधनको गरीबी नभएकाले मुलुकमा तीव्र विकास हुने जनाए ।

प्रधानमन्त्री ओलीले आफ्ना पिता मोहनप्रसाद ओली र धर्मपत्नी राधिका शाक्यका माता धनमाया शाक्यलाई बैंक खाता खोलिएको प्रमाणपत्र र निःशुल्क स्वास्थ्य बीमाको कार्ड वितरण गरेका थिए ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले सय वर्षका जमुना गुरुङ, ९४ वर्षीय डा गौरीशङ्करलाल दास, ९२ वर्षीय टेकबहादुर बस्नेत, ८७ वर्षीय भैरव रिसाल, ८६ वर्षीय शोभावती तिमल्सिना ५५ जना ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण गरे ।

उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्यको अधिकार जीवनको अधिकार भएकाले आधारभूत मानवअधिकारका रुपमा यसलाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले कुनै पनि नागरिकले पैसाको अभावमा उपचार पाउनबाट वञ्चित हुन नपरोस् भन्नेमा सरकार सचेत रहेको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बीमा बोर्ड, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एशोसिएशनले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौं बैंक खाता’ अभियान शुरु गरेको हो ।

ज्येष्ठ नागरिकका लागि रु एक लाखसम्मको स्वास्थ्य बीमा गर्ने र बीमको नेपाल सरकारले प्रिमियम तिर्नेछ ।