वराहक्षेत्र । उपचार गराउन अस्पताल हिँडेका वराहक्षेत्र नगरपालिकाका ७४ वर्षीय सिंहबहादुर श्रेष्ठ बेपत्ता बनेका छन् ।
वराहक्षेत्र नगरपालिका वडा नम्बर १ खारखोला स्थाइ घर भएका वृद्ध बेपत्ता बनेका हुन् । केही महिनादेखि मानसिक रूपमा अस्वस्थ रहेका बुबालाई मङ्गलबार स्वास्थ्य जाँच गराउन धरानको बिपी क्याम्प गएका उनी दिउँसो करिब ३ बजे एसिजी कोठाबाट हराएको छोरा गोविन्द श्रेष्ठले बताए ।
बुबालाई भाइ कोलेन्द्रसँग पालो पर पर्खाएर चतरा घर आएका गोविन्दले बेपत्ता बुबाको खोजी गरिदिन आग्रह गरेका छन् । ढाका टोपी, खैरो रङको कमिज सुरुवाल र निलो चप्पल लगाएको उनले बताए । उनले कसैले फेला पारेमा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिनका लागि आग्रह गरेका छन् ।
































