मधुमल्ला/मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९को मावाखोलाधारमा अस्थायी टहरा बनाई बसेका ६० सुकुम्बासीहरुका टहरा बुधबार भत्काईएको छ ।
यसअघि गएको शुक्रबार पनि सो स्थानमा टहरा बनाइएका दुई सय १५ टहरा प्रहरीले भत्काएको थियो । गएको २० दिनअघिबाट उक्त स्थानमा सुकुम्बासीको नाममा केही सुकुमबासी र धनाढ्यहरुले नै टहरा हाली बस्दै आएका दुई सय १५ घर टहरा शुक्रबार जिल्ला प्रहरी कार्यालय, प्रहरीगण रानी, इलाका प्रहरी कार्यालय उर्लाबारी र उर्लाबारी शसस्त्र बेस क्याम्प सहीत डिएसपी नवराज ढुङ्गानाको नेतृत्वमा आएको टोलीले हटाएकोे थियो ।
यस्तै शुक्रबार टहरा हटाएपछि पुनः टहरा बनाई बसेका करिब ६० बढि टहराहरु बुधबार इलाका प्रहरी उर्लाबारी, ससस्त्र प्रहरीबल उर्लाबारी र इलाका प्रहरी मधुमल्लाको संयुक्त टोलीले भत्काएका थियो । साथै प्रशसनले अब उप्रान्त उक्त स्थानमा टहरा बनाइ नबस्न र सुचना अटेर गरी बसेको पाइएमा वन एन अन्र्तगत कावार्हि हुने सुचना समेत प्राशासनले जारी गरेको छ । झापाको दमक र मोरङको मधुमल्ला जोड्ने मावामा पक्की पुल बनेसँगै भविष्यमा लाभ लिने मनसायले गिरोह नै खडा गरी जग्गा हडप्न शुरु गरेकोे वन कार्यालयले बताउँदै आएको थियो ।
१५ दिन अघि सव डिभिजन वन कार्यालय मङ्गलबारेको टोलीले स्थलगत निरीक्षण गरी टहरा निर्माण गरिरहेका व्यक्तिहरूलाई जग्गा खाली गर्न चेतावनी समेत दिएको थियो । वनको चेतावनीलाइ वेवास्ता गरी घर टहरा बनाउनेहरुको टहरा पुन दोस्रो पटक प्रशासनले भत्काएको हो । उता सुकुमबासीहरुले भने आफुरु बास्तिविक भुमिहिन भएकाले आफुलाई ओत लाग्ने ठाउँको व्यवस्था गरिदिन माग गर्दै नाराबाजी समेत गरेका थिए । सुकुम्बासीहरुले भने खाइ नखाई गरी ढुङ्गा गिट्टीचालेर कमाएको पैशाले बाँस र प्लास्टिक खरिद गरी बनाएको टाहार भत्काएर आफुहरुलाई प्रशासनले पिडा माथी पिडा थपेको बताउँदै आएका छन ।
यस्तै बुधबार टहरा भत्काएको क्षेत्रको मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आजर्या सहित ९ वटै वडाका वडाध्यक्षहरुले निरीक्षण गरेकाछन । सुकुमम्बासीहरुले टहरा बनाई बसोबास गरेको क्षेत्र मावा खोला धार भएको र सम्वेदनशील क्षेत्र भएकाले उक्त स्थान बासोबासका लागि योग्य नभएको बताइदै आएको छ । तर सुमुम्बासीहरुले भने आफुहरुको अन्यत्र बसोबास गर्ने ठाउँ नभएकाले खोला आएपनी त्यही ठाउँमा बसोबास गर्ने बताउँदै आएका छन् । साथै सुकुम्बासीहरुले स्थानीय सरकार वडा कार्यालय र गाउँपालिकाले सुकुम्बासीको निवेदन समेत नलिएको आरोप लगाउँदै आएका छन् ।