भद्रपुर/भन्सार छलेर नेपाल भित्र्याइएका अवैध सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ ।

गण २ झापाबाट खटिएको प्रहरी गस्ती टोलीले झापाको मेचीनगर १० धुलाबारीबाट विभिन्न प्रकारका अवैध सामग्री बरामद गरेको सो कार्यालयले जनाएको छ ।

भारतबाट भन्सार छलेर विर्तामोड तर्फ ल्याउदै गरेको सूचनाको आधारमा शुक्रबार गरेको चेकजाँचको क्रममा कपडा, किराना सामान गरि तीनलाख ९० हजार रुपैयाँ मूल्य बराबरको सामान बरामद गरिएको डिएसपी ओजिस ओलीले जानकारी दिए ।

बरामद सामग्रीलाइ आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको उनले जनाए ।