सिरहा । जिल्ला सिरहाको छुट्टाछुटै स्थानबाट प्रहरीको टोलीले अबैध सुन र लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिराहा नगरपालिका २१ स्थित पिप्रा टोलबाट ५० ग्राम अबैध सुनसहित सिरहाको धनगढीमाई नगरपालिका २ निवासी २५ बर्षीय मोहमद अकरामुल राईनलाई पक्राउ गरेको हो । चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ स. ६ प. ६८०१ नम्बरको मोटरसाइकलमा आउँदै गरेका राईनलाई अबैध सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता एवंम प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव राज खरेलले बताए ।
यसैगरी प्रहरीले लहान नगरपालिका ३ स्थित ठाडी चोकबाट लागु औषध सहित उदयपुरको गढी गाउँपालिका ७ निवासी २६ बर्षीय भरत तामङ्गलाई पक्राउ गरेको छ । पक्राउ परेका तामङ्गको साथबाट फेनारगन ५० एम्पुल, नुफिन ५२ एम्पुल, डाईजिल्याब ६० एम्पुल र नाईट्रोजन ७५ चक्की बरामद् भएको लागु औषध बरामद् भएको प्रहरी नायब उपरिक्षक खरेलले बताए ।