विराटनगर/१ नम्बप्रदेशको मन्त्रिपरिषदको बैठकले आन्तरिक मामिलातथाकानून मन्त्रालयबाट निर्माण गरेको २०७६ सालको प्रदेश पात्रो नयाँक्यालेण्डरलाई स्वीकृत गरेको छ ।

नयाँक्यालेण्डरमा अघिल्लो वर्षको भन्दाचार दिनबिदाथपगर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीतथामन्त्री परिषदकार्यालयमाबुधबार बसेको मन्त्री परिषदको बैठकले प्रदेश सरकारले जनैपूर्णिमा, उँधौलीपर्व, छैठ र इदुलफित्रको अवसरमाप्रदेशभर बिदादिने निर्णय गरेको हो ।

यस्तै बैठकले विपदव्यवस्थापन ऐन २०७५ संशोधनगर्ने भएको छ । संघीय सरकार मातहत रहेको नेपाली सेना र सशस्त्रप्रहरीलाई पनिविपद्मा खटाउने गरी कानून संशोधनगर्न लागिएको मन्त्रीकार्कीले जानकारी दिए ।

प्रदेश सरकार तथा स्थानीयतहको राजपत्रहरु प्रदेशबाटै भोलिकै मितिदेखि प्रकाशितगर्ने पनि बैठकले निर्णय गरेको छ । राजपत्रप्रकाशनकालागि सम्बन्धीतप्राविधिकलाई टे«निङ दिइसकेको र आवश्यकताकाआधारमा ठूला प्रेसको व्यवस्थागर्ने निर्णय बैठकले गरेको हो ।

यस्तै विपद् व्यवस्थापनकोष संचालनकार्यविधिपारित गर्नुको साथै सामाजिकविकास संस्था ऐन कार्यान्वयनकालागि सामाजिकविकास संस्थानियमावली २०७५ पनि बैठकले स्वीकृत गरेको मन्त्रीकार्कीले जानकारी दिए।