सिरहा । सिरहा नगरपालिका वडा नम्बर ६ बाट प्रहरीले मंगलबार साँझ ट्रयाक्टर सहित अवैध सिसौ काठ पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका वडा नम्बर बसबिट्टाबाट चेकजाँच गर्ने क्रममा ना. ४ त ३६९८ नम्बरको ट्रयाक्टर चालक राम दयाल पासवान सहित सिसौ गोलिया थान २५ र सिरिस गोलिया थान १ अबैध रुपमा लगिदै गरेको अवस्थामा काठसहित ट्रयाक्टर बरामद गरेको हो।

बरामद गरिएको ट्रयाक्टर र काठ कारबाहीका लागि लहानस्थित डिभिजन वन कार्यालयमा बुझाइएको छ ।