ताप्लेजुङ / पाथीभरा दर्शन गरि फर्किएका तिर्थयात्री चढेको पिक अप भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
त्यसमध्ये पाँच जनाको अवस्था गम्भिर छ । ६ जनाको सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । गम्भीर मध्ये ५४ वर्षीय मोतिमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, ८ वर्षीय निशान आचार्य, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल र ३८ वर्षीय लक्ष्मी सिग्देललाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि बाहिर रेफर गरिएको छ । घाइते सबै बारा निजगढका हुन् । बाँकी ६ जनाको जिल्ला अस्पताल ताप्लेजुङमै उपचार भइरहेको छ । मे १ ज १४८६ नं को पिकअप भ्यान मंगलबार राति ९ः५० बजे सुकेटार विमानस्थल छेउमा दुर्घटना भएको थियो ।