सिरहा  / सिरहाको लाहानमा मंगलबार ट्रकको ठक्करबाट ३ जनाको मृत्यु भएको छ । लहान नगरपालिका १३ भोटियाटोल नजिक दुर्घटना हुँदा ३ जानको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिम तर्फ बिस्कुट बोकी जादै गरेको ना ३ ख ७७७४ नम्बरको फुलडाला ट्रकले विपरति दिशाबाट आईरहेको स ९ प ७३७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार ३ जनाकै मृत्यु भएका प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा लहान नगरपालिका ४ बस्ने कृष्णा सहनी, शिव कुमार सहनी र मनोज मण्डल रहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले जानकारी दिए । यता ठक्कर दिने ट्रकसहित चालक सिन्धुपाल्चोक बाराबिसे ७ का ध्रुव देउजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।