मोरङ/ मोरङको धनपालथान गाउँपालिका-३ टिटैयाबाट प्रहरीले सोमबार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
लागूऔषध सहित इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले मोरङ कानेपोखरी गाउँपालिका-५ बस्ने वर्ष २२ को इन्द्र निरौलालाई पक्राउ गरेको हो ।
भारतबाट नेपाल तर्फ आउँदै गरेको को २० प ८९९४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा प्रहरीले निरौलाको साथबाट लागूऔषध नाईट्राजेपाम-३० चक्की बरामद गरेको हो ।
बरामद लागूऔषध सहित निरौलालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।