मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिका–८ का बिपन्न चित्र सिंह ल्वागुनलाई घर हस्तान्तरण गरिएको छ ।

आइतबार मिक्लाजुङमा नवगठित सामाजिक संस्था मानव सेवा बहुउद्देश्यीय संस्थाको पहलमा घर निर्माण गरी ल्वागुनलाई हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष प्रवेश कुवँरले बताए । ल्वागुनको ३ जनाको परिवार रहेको र उनीहरूको आर्थिक अवस्थासमेत कमजोर भएकाले घर निर्माण गरिदिएको बताइएको छ ।

घर निर्माणको लागि मावा नुनसरी सामुदायिक वन उपभोक्ता समूहले निःशुल्क काठ उपलब्ध गराएको थियो । यस्तै अष्ट्रेलियामा कार्यरत हर्कराज गुरुङ, मनु राई र जमुनी राईले पठाएको नगद ६० हजार, शिलाङ घिमिरेले १८ हजार र स्थानीयहरूको श्रमदान ४० हजार, ढुङ्गा गिट्टी बालुवा गरी कुल १ लाख ६० हजार पाँचसय ९५ रुपैयाँको लागतमा घर निर्माण गरिएको हो ।

घर हस्तान्तरणको क्रममा मावा नुनसरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बिष्णुप्रसाद गुरागाईं, टीना गुरुङ, मनोज सुवेदी, गोपाल बस्नेतलगायतको उपस्थिति रहेको थियो ।