सुनसरी/ महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले इटहरी–२ र ३ का महिलालाई च्याउ खेती तालिम तथा क्रिष्टल बनाउने तालिम प्रदान गरिएको छ । सुनिश्चित महिला कृषि सहकारी संस्थाको आयोजनामा इटहरी–२ सुकल्प सामुदायिक भवनमा तीन दिने तालिम प्रदान गरिएको हो ।
तीन दिने तालिममा ४५ जना महिलालाई व्यावसायिक बनाई आत्मर्निभर बनाउन तालिम प्रदान गरिएको संस्थाकी अध्यक्ष रेनुका सुवेदीले बताइन् । तालिमपश्चात् सहकारीले समूह बनाएर सामूहिक खेती गर्ने कार्यक्रम बनाइएको संस्थाले जनाएको छ । च्याउ खेतीका बारेमा किशोर प्याकुरेलले तालिम प्रदान गरेका थिए भने क्रिष्टल सम्वन्ती तालिमको सहजीकरण यशोदा सुवेदीले गरेकी थिइन् ।
क्रिष्टलको माला, पेण्डल र कानको टप लगायतका कस्मेटिक्स आइटम बनाउने तालिम प्रदान गरिएको संस्थाकी उपाध्यक्ष शुभद्रा प्याकुरेलले जानकारी दिइन् । बिहीबार इटहरी–२ का वडा सदस्य दुर्गा धमलाको प्रमुख आतिथ्यतामा तालिमको समापन तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
































