उदयपुर/ उदयपुरको बानडाँडामा ससुराले खुकुरी प्रहार गर्दा बुहारी घाईते भएको छ ।
बेलका नगरपालिका(२ बानडाँडाका सितुमान राईले आफ्नै बुहारीलाई खुकुरी प्रहार गर्दा घाईते भएको हो । घरायसी विवादको क्रममा दिउँसो करिब १ बजे राईले बुहारी ३० वर्षीय चन्दा राईलाई खुकुरी प्रहार गरि घाईते बनाएको प्रहरीले जनाएको छ ।
घाइेते राईको प्रथामिक उपचारपछि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगिएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने राईलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
































