धनकुटा । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक १५ दिने महाअभियान कार्यक्रमको बारेमा जानकारी गराएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटा र ट्राफिक प्रहरी कार्यालय धनकुटाले संयुक्त रूपमा आयोजना गरेको दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक महाअधियान अन्र्तगत सञ्चारकर्र्मीहरूसँग समीक्षासहित महाअभियाले गरेको गतिविधिबारे जानकारी गराएको हो ।
यस अन्र्तगत सवारी साधनको मेकानिकल चेकजाँच, सवारी चालक, सवार यात्रु र पैदलयात्रीलाई सडक प्रयोगसम्बन्धी चेतनामूलक पर्चा वितरण, ट्राफिक प्रहरीहरूको स्वास्थ्यजाँच, सडक चिन्ह, सडक सङ्केत राख्ने, चालकहरूको आँखा जाँच, सवारी साधनमर्मत गर्नेलगायतका कार्य गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।
धनकुटमा १ जना ट्राफिक प्रहरीले करिब १ सय किलोमिटर सडक हेर्नुपर्ने अवस्था रहेकोसमेत जानकारी दिइयो । महाअभियान बिहीबार सम्पन्न भएको छ ।
































