पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे ७ स्थित वडा कार्यालयको बजेटमा शुक्रवार ७० वर्ष माथिका वडाका १ सय ४८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
ज्येष्ठ नागरिक समन्वय परिषद वडा समितिको आयोजनामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष कपिलमणि ढकाल, ज्येष्ठ नागरिक एकता समन्वय समितिका केन्द्रीय महासचिव कृष्णप्रसाद घिमिरे, नगर स्वास्थ्य संयोजक मुरारी आचार्य सहिले ज्येष्ठहरुलाई दोसल्ला ओढाएर सम्मानित गरेका छन् ।
सो अवसरमा, स्वास्थ्य चोकी पथरीले सम्मानित ज्येष्ठहरुको रक्तचाप, मधुमेह सहितको समस्या पहिचान गरी निःशुल्क औषधि समेत वितरण गरिएको कार्यक्रम संयोजक देवीप्रसाद भेटवालले जनाए । सो कार्यक्रमका लागि वडाले ९० हजार रुपैयाँ छुट्याएको थियो ।
































