धरान / नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय सदस्य तथा पूर्व सुनसरी अध्यक्ष श्रीप्रसाद मोक्तान र पूर्व धरान नगर अध्यक्ष एवम् सल्लाहकार जयबहादुर मोक्तानको स्मृतिमा पत्रकारिता पुरस्कार घोषणा गरिएको छ ।

नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोलेले सुनसरी घेदुङको प्रत्येक वार्षिक साधारण सभामा एकजना तामाङ पत्रकारलाई पुरस्कृत गर्न रु.५ हजार राशी रहेको श्रीप्रसाद–जयबहादुर तामाङ पत्रकारिता पुरस्कारको घोषणा गरेको हो । उनले नेपाल तामाङ घेदुङलाई सञ्चारमा पहुंच पुर्याउन र दिवंगत नेताद्धयको योगदानको उच्च मूल्यांकन गर्दै उहांहरुलाई तामाङ समुदायमा सदा अमर बनाई राख्न पत्रकारिता पुरस्कारको घोषणा गरिएको बताए । घेदुङ संस्था र सहयोगी महानुभावहरुसंग समन्वय गरी पुरस्कार रासी वृद्धि गरिने समेत उनले बताए ।

शोक सभामा नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार गोले, नेपाल तामाङ यूवा घेदुङका पूर्व केन्द्रीय अध्यक्ष तत्कालीन सुनसरी सह–सचिव रविन गोले, नेपाल तामाङ घेदुङ सुनसरीका उपाध्यक्ष बुद्धिबहादुर घिसिङ, पूर्व धरान नगर अध्यक्ष तारा लामा, पूर्व इटहरी अध्यक्ष नरबहादुर मोक्तान, मोक्तान वंशावली खोज तथा अनुसन्धान तदर्थ समितिका सुनसरी अध्यक्ष शंकर मोक्तान, स्व. श्रीप्रसाद मोक्तानका छोरा कुमार मोक्तान(जोन) लगायतले स्वर्गीय नेताद्धयको योगदानको चर्चा गर्दै शोक मन्तव्य राखेका थिए ।
नेपाल तामाङ घेदुङ सुनसरीको आयोजना तथा मोक्तान वंशावली खोज तथा अनुसन्धान तदर्थ समितिका सुनसरीको व्यवस्थापनमा सम्पन्न कार्यक्रमको अध्यक्षता सुनसरी घेदुङका अध्यक्ष सुरज लामा पाख्रिनले गरेका थिए ।