सिरहा / सिरहाको कल्याणपुर नगरपालिका–७ मा आगलागी हुँदा एक महिलाको मृत्युु भएको छ ।
घट्नामा ६५ बर्षीय बनारसीदेवि सदायको घरमै सुतिरहेको अवस्थामा मृत्युु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्स्पेक्टर दिनेश गौतमले जानकारी दिए । आगलागिबाट सदायको घर जलेर नष्ट हुदा एक लाख बराबरको क्षति भएको छ ।
































