मधुमल्ला । मोरङको मिक्लाजुङ ३ मा रहेको कालिका समुदायिक मा.वि. का १८० जना छात्र/छात्रहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ ।
मंगलबार मानव उद्धार बहुउदेश्यीय समाज संस्था मिक्लाजुङको पहलमा विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको संस्थाका अध्यक्ष प्रवेश कुवंरले बताए ।

कक्षा १ देखी कक्षा ६ सम्म अध्ययन गर्ने छात्र÷छात्राहरुलाई विद्यालय पोशाक वितरण गरिएको थियो । उक्त विद्यालय पोसाकलाई हाल अमेरीकामा बस्ने मार्था राई र रेवीका राईले सहयोग पठाएकोे रकम मार्फत संस्थाले विद्यालय पोशाक खरिद गरी करिब ६० हजार मुल्य बराबरको समग्री हस्तान्तरण गरिएको संस्थाका संस्थाका सल्लाहकार मेघनाथ घिमीरेले बताए ।
कार्यक्रमका प्रमुख अतिथी खगेन्द्र मादेनले विद्यार्थीहरुलाई भएको सहयोग अतुलनीय रहेकाले सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रम लाई विद्यलयका प्र.अ. मात्रिका न्यौपाने र मानव सेवा बहुउदेसीय समाज संस्थाका सलाहाकार गोपाल बस्नेतले मन्तव्य राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र लिम्बुको सभापतित्वमा सम्पन्न भएको थियो ।