काँकडभिट्टा । प्रदेश १ भरिका ठटाल बन्धुहरू सङ्गठित भएका छन् ।
झापाको चारआलीमा शुक्रबार सम्पन्न भेलाले प्रदेशको अध्यक्षमा रोशन ठटाललाई सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा जीवन ठटाल, सचिवमा सूर्यबहादुर ठटाल, सह–सचिवमा रीता ठटाल, कोषाध्यक्षमा ओम ठटाल र सदस्यहरूमा दीपक ठटाल, अर्जुन ठटाल, उत्तम ठटाल, शोभा ठटाल रहेका छन् । भेलाले केदारबहादुर ठटालको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । समितिको सदस्यमा बमबहादुर ठटाल, नरबहादुर ठटाल, डिल्लीराम ठटाल, कुमार ठटाल रहेका छन् । भेलाले पत्रकार राजन ठटाललाई प्रेस संयोजकमा चयन गरेको अध्यक्ष रोशन ठटालले जानकारी दिए ।
गठित समितिका अध्यक्ष रोशनले नेपालमा बसोबास गर्ने ठटाल बन्धुलाई एकजुट बनाउने लक्ष्यका साथ एक नम्बर प्रदेशबाट समिति गठनलाई तीव्रता दिइएको बताए ।
































