धरान / इटहरी ९ स्थित जनता माध्यामिक विद्यालयका बिद्यार्थी बिच ग्याङ् फाइट भएको छ ।
आइतबार बिद्यालयका कक्षा ११ र १२ का विद्यार्थी बिच चेस खेलको बिषयमा विवाद भएको थियो । सोही विवादका कारण दुई समुह बिच झडप भएको प्रहरीले जनाएको छ ।

घट्नामा संलग्न भएको आरोपमा १५ जनालाई इटहरी प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट दुई थान घरेलु हतियार दाउ पनि बरामद भएको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईले जानकारी दिए । घट्नामा अन्य २० जना भन्दा बढि युवाहरु संलगन भएकाले खोजी भइरहेकोले बताउदैं पक्राउ परेको नाम प्रहरीले सार्वजनिक गरेको छैन् । घट्नामा दुई जना विद्यार्थीहरु सामान्य घाइते भएका छन् ।
इन्स्पेक्टर चौलागाईका अनुसार हिजो चेस खेलमा दुई व्यक्तिविच सामान्य विवाद भएको थियो । सोही विषयलाई लिए आज विहान दुई समुह ग्याङ् फाइटको तयारी गरेका थिए । उनीहरु भेला हुदैं गर्दा प्रहरीलाई सूचना आए पछि अप्रिय घट्ना हुनबाट जागिएको स्थानीयले बताए । घट्नामा १५ देखि १९ बर्षका युवाहरुको संलग्नता देखिएको प्रहरीले जनाएको छ । घट्नामा जनता क्याम्पसमा पढ्ने विद्यार्थी तथा अन्य युवाहरुलाई समेत संलग्न भएको प्रहरीले जनाएको छ ।

झडपको बिषयमा अनुसन्धान भइरहेको इप्रका इटहरीका इन्स्पेक्टर चौलागाईले जानमारी दिए । । अन्यलाई पनि पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।